sevenstartv.com १० माघ २०८२, शनिवार

राष्ट्रिय प्रजातन्त्र पार्टी–राप्रपा र राप्रपा नेपालबीच पुनः एकीकरणको सहमति

एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभागृहमा हुने उल्लेख

१० पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको अर्को राप्रपाबीच एकता हुने भएको छ । 

निर्वाचनको मिति नजिक आइरहेका बेला राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको अर्को राप्रपाबीच मिलेर जाने सहमति भएको हो । बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले बद्लिदो परिस्थितिमा दुई मिलेर जाने सहमति भएको थियो । बैठकमा दुई राप्रपाका नेताहरु सहभागी थिय । 

उनले त्यतिबेला गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेको बताए । २०७८ सालको मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । 

राप्रपाका पूर्वअध्यक्षसमेत रहेका थापाले पार्टी छाडेपछि नयाँ राजनीतिक दल घोषणा गरेर बसेका थिए ।  त्यतिबेला थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाए ।  थापाले छुट्टै दल बनाएपछि एमालेसँग मिलेर मकवानपुरमा चुनाव लडेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्