sevenstartv.com २१ मंसिर २०८२, आइतवार

नेपाल र भारतबीच थप दुई वटा ४०० किलोभोल्ट क्षमताका प्रसारण लाइन निर्माण सम्झौता

विद्युत् खरिदबिक्री सम्झौता र बजार सुनिश्चितताका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकता

२१ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ ।

नेपाल-भारतबिच इनरुवा-पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय  किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सोही सम्झौताबमोजिम यी दुवै प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सेयर क्रमशः ५१ प्रतिशत रहने छ । 

त्यसैगरी, भारतीय खण्डमा निर्माण हुने प्रसारण लाइनमा समेत प्राधिकरणको हिस्सा ४९ प्रतिशत रहनेछ । ती प्रसारण लाइनमा प्राधिकरणले ‘क्यापासिटी बुकिङ’ गरिएको बताइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्