sevenstartv.com ६ मंसिर २०८२, शनिवार

शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट

३ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गत भदौ २४ गते जेन(जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ ।

हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए । आक्रमणका क्रममा देउवालाई पछाडिबा धारिलो हतियारले हानिएको खुलेको छ ।

देउवाको टाउकोको पछाडि गर्धनभन्दा माथि गहिरो चोट लागेको छ । उक्त घाउमा १२ वटा टाँका लगाएर सिलाउनुपरेको छ ।  जेन(जीका नाममा छिरेका अराजक समूहले देउवा दम्पतीलाई कुटपिटसहित लछारपछार पनि गरेका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्