sevenstartv.com २१ मंसिर २०८२, आइतवार

डेंगु संक्रमतिको संख्या ३ हजार नाघ्यो

२ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडीको तथ्यांक अनुसार देशभरीका ७४ जिल्लामा फैलिएको डेंगुबाट गत पुसदेखि हालसम्म ३ हजार २५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । 

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८८ जनामा संक्रमण देखिएको इडिसिडीद्वारा जारी तथ्यांकमा उल्लेख छ । त्यस्तै बागमतीमा ६ सय ३६ जना, कोशीमा ५ सय ३२ जना, लुम्बिनीमा ४ सय ७७ जना, सुदूरपश्चिममा ३ सय ५५ जना, कर्णालीमा ८४ जना र मधेश प्रदेशमा ५३ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ । 

अझै २ महिना डेंगु संक्रमणको जोखिम रहेकाले सतर्कता अपनाउन चिकित्सक सुझाउँछन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्