sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

राप्रपाले आज बिजुलीबजारमा प्रदर्शन गर्दै

७ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दै छ ।  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर आन्दोलन गर्ने  भएको हो । 

प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुने छ । निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन राप्रपाले बताएको छ। तीनकुने घटनामा नेताहरु मिश्र र जबरा पक्राउ परेदेखि विरोधका कार्यक्रम गर्दै आएको राप्रपाले यसअघि २६ चैतमा बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ गर्नुपर्ने नभए आन्दोलन चर्काउने चेतावनी दिएका थिए । 

आज निषेधित क्षेत्र तोड्ने कार्यक्रम रहेको राप्रपाले बताएपछि  गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले हिजै विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्