विश्व जोगाउन नेपालको हिमालय क्षेत्रको योगदान महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाई
विविधताका बीचमा एकता हुनुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसको दायित्वहरु निर्वाह गर्न लागेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा प्रधानमन्त्री ओलीले बंगालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गरेको बताएका हुन् । उनले समुन्द्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट बचाएर विश्वलाई जोगाउन नेपालको हिमालयन क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्रधानमन्त्री ओलीले बिना एकता उपलब्धि हासिल हुन नसक्ने भएकाले विविधताका बीचमा एकता हुनुपर्ने बताएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या आउँदा नेपालीहरु एकजुट हुने गरेको बताए । उनले नेपाल शान्तिको पक्षमा भएकाले कसैको सामरिक गठबन्धनमा नलाग्ने प्रष्ट पारेका छन् ।
