sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

पालो सबैको आउँछ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्छ : रवि लामिछाने

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज जिल्ला कारगार रुपन्देहीमा जानु अघि संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको आदेशको सम्मान गर्ने बताएका छन् ।

उनले कानूनले दिएको अधिकार प्रयोग गर्ने उल्लेख गर्दै तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने बताएका हुन् । शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज रुपन्देही कारगार चलान गरिएको छ ।

उनले भने, 'न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन् ।'  उनले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन र अभियानलाई जनताको बीचमा पुर्याउन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्