राष्ट्रिय सूचना आयोगमा पछिल्लो एक महिनामा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन
सूचना अभियन्ताहरुको पुनरावेदन लिने काम जारी
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधारसहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मलेन गरेर आयोगले निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको हो । आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले आयोगले आवश्यकताअनुसार कार्यालय खोल्न सक्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि सैद्धान्तिक सहमतिसहित पक्रिया अगाडि बढाउने आयोगको निर्णय छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले आयोगका नियमित कामहरु अन्तर्गत सूचना अभियन्ताहरुको पुनरावेदन लिने र तदनुसार आदेश गर्ने काम भइरहेको बताए । पछिल्लो एक महिनाको अवधिमा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन प्राप्त भएको जानकारी दिए । प्रक्रियामा रहेका ५६ वटा पुनरावेदनमा आदेश भएको बताएका छन् ।
