sevenstartv.com २१ मंसिर २०८२, आइतवार

क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको स्वास्थ्यमन्त्री पौडेलको भनाई

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् । 

मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ कार्यक्रको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरुमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए-नभएको पत्ता लगाउन स्क्रिनिङ गर्ने लक्ष्य राखेको उल्लेख गरे । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ अभियानको रुपमा सञ्चालन गरेको समेत बताए । 

उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीलाई एचपीभी खोप लगाइएको मन्त्री पौडेलको दाबी छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्