sevenstartv.com २२ मंसिर २०८२, सोमवार

अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि अन्ततः पृथ्वीमा फर्किएका छन्।

नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको हो ।बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो। पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो।

यानले पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा पुनस् प्रवेश गर्‍यो, जसपछि चार वटा प्यारासुट खुले र तिनीहरूलाई फ्लोरिडाको तटमा सुरक्षित रूपमा अवतरण गराइयो ।

नासाको वाणिज्य क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले क्रू सदस्यहरूलाई स्वागत र प्रशंसा गरे ।

सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० को यात्रा गरेका थिए।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्किनु पर्ने थियो, तर यानमा खराबी आएपछि उनीहरूको यात्रा ९ महिनासम्म रोकिएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्