स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गर्ने कार्यकारी निर्देशक डा. काफ्लेको भनाइ
स्वास्थ्य बीमाको प्याकेज पुनरावलोकन गर्ने प्रतिवद्धता
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले उहाँले बोर्डले प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले बोर्डले दिने सेवा प्रभावकारी बनाउन सुशासनको महत्वपूर्ण भुमिका रहने भएकाले सुशासन कायम गर्न लागि पर्ने बताए । उनले आफ्नो कार्यकालमा सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्ने दाबी गरे ।

.gif)