sevenstartv.com १ असार २०८३, सोमवार

कोहलपुरमा जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

१ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बाँकेको कोहलपुरमा जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका-१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको हो । सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको हो ।  

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।