sevenstartv.com २१ मंसिर २०८२, आइतवार

१४ लाख ४६ हजार ६ सय १ जना किशोरीले लगाए एचपिभी खोप

पुरुषहरुलाई पनि दिने तयारी

२२ फागुन २०८१, बिहिवार स्टार संवाददाता

 

काठमाडौं । १४ लाख ४६ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ९एचपिभी० खोप लगाएका छन् । सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो ।

अभियानअन्तर्गत १४ लाख ४६ हजार ६०१ जनाले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए । नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको बताए । 

लक्षित समूहका किशोरीहरुलाई निःशुल्क उपलब्ध गराइएको बताएका हुन् । उनले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेलाई हरेक वर्ष लगाइने बताएका छन् । कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्