sevenstartv.com ८ असार २०८२, आइतवार

गण्डकी प्रदेश सभाको बैठक आज बस्ने

२ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । माघ २१ गते बसेर स्थगित भएको बैठक ३० गतेका लागि डाकिएको थियो । प्रदेश सभा सचिवालय सूचना जारी गरी बैठक फागुन २ गतेका लागि सारेको थियो । आजको बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

बैठकमा प्रदेश निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ । यसैगरी औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबल हुने छ । लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत सदनमा टेबल गरिने सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्