sevenstartv.com ६ मंसिर २०८२, शनिवार

सरकारद्वारा आरोहणका लागि ५७ हिमाल खुला, यसअघि खुलेका ६८ हिमालमा मानव पाइला परेन

२७ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सकारले ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको छ । हिमालको सूची सार्वजनिक गर्दै पर्यटन विभागले नयाँ हिमाल आरोहणका लागि खुला भएको जानकारी दिएको छ । 

विभागले पाँच हजार आठ सय मिटरदेखि ६ हजार आठ सय मिटरसम्मका हिमाल आरोहणका लागि खुला गरेको हो । पर्यटन प्रवद्र्धन, गर्न विदेशी आकर्षित गर्न र व्यवसायीले नयाँ प्याकेज बिक्री गर्न नयाँ हिमाल आरोहणका लागि खुला गरिएको हो । विभागले ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न हिमालचुली आरोहणका लागि खुला गरेको छ । 

सरकारले गत आर्थिक वर्ष २०८०÷८१ को बजेटबाटै आरोहणयोग्य हिमाल क्रमशः खुला गरिँदै जाने उल्लेख गरेको थियो । नयाँ हिमाल आरोहणका लागि खुला गरेसँगै आरोहण गर्न पाइने हिमालको संख्या ४७६ वटा पुगेको छ । यस अघि ४१९ हिमाल चुचुरो आरोहणका लागि खुला गरिएको थियो । 

यी हिमालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर माथिका हिमालसमेत छन् । सरकारले नयाँ हिमाल खुला गर्दै गएको भए पनि हालसम्म ६८ हिमचुलीमा मानव पाइला नपरेको पर्यटन विभागले सार्वजनिक गरेको हिमाल आरोणहको तथ्यांकले देखाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्