अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रोक्यो
अमेरिका । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै जारी गरेको कार्यकारी आदेशको प्रभावस्वरुप अमेरिकी सहयोग नियोग युएसएड मार्फत प्रदान हुँदै आएको सहयोग रोकिएको हो । अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो सहयोग रोकिएको जानकारी दिएको छ । २०२२ मे ५ मा यूएसएड र नेपाल सरकारबिच सम्झौता भई डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चारवटा आयोजनाको सहयोग रोकिएको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो ।
यसरी सहयोग रोकिएका परियोजनाहरूमा युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड हेल्थ एजुकेसन फाइनान्सिङ प्रोजेक्ट र युएसएड इन्क्लुजन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन् । यूएसएले ती अनुदान सहयोग ९० दिनका लागि स्थगित गरेको पत्र पठाएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । यसैबीच वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने बताइएको छ । अमेरिकाको वैदेशिक सहायताको पुनःमूल्यांकन र पुनर्संयोजनसम्बन्धी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशअनुरुप विदेशमन्त्री रुबियोले वैदेशिक सहायता कार्यक्रहरूको समीक्षा सुरु गरेको पनि विदेश मन्त्रालयले जनाएको छ ।
बैठकले संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठक यही माई १८ गते बस्दैछ । उक्त बैठकको तयारीका लागि कार्यव्यवस्था समिति बस्न लागेको हो ।
यसअघि सभामुखले अधिवेशन तयारीका लागि १३ गते सत्तापक्ष र प्रतिपक्ष दलहरुका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । सोमबार बिहान प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्तरुपमा छलफल गरेका थिए ।
