sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

प्रधानमन्त्रीले लगाए  बुवाको हातबाट टीका र जमरा

२६ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने भएका छन् ।


प्राकृतिक विपदले ठूलो जनधनको क्षति गरेको अवस्थामा पुनर्स्थापना र पुनर्निर्माणमा जुट्नुपर्ने भएको टीकाको कार्यक्रम नभएको उनले बताएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्