राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई गिजाको क्यान्सर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।
निकट स्रोतका अनुसार उनलाई गिजाको क्यान्सर देखिएको हो । राणा उपचारका लागि एक साता अगाडि भारत पुगेका छन् । अहिले मुम्बईको एउटा अस्पतालमा उनको उपचार भइरहेको छ । डा.राणाको गिजामा ३-४ वर्ष अगाडिदेखि समस्या थियो ।
नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखियो । चिकित्सकले पहिलो स्टेजको क्यान्सर भएको बताएपछि उनी भारततर्फ लागेका हुन् । धमलशमशेरको कुनै पनि कुलत र अम्मल थिएन । उनले चुरोट र खैनी कहिल्यै सेवन गरेका छैनन् । मदिरा भने पिउँछन् । ६२ वर्षको उमेरमा पनि राणा निकै फुर्तिला छन् ।

.gif)