गगन थापाले भन्छन् –अनुहार मन पर्दैन भने भन्नु केही छैन
काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार बिहान डाक्टर शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
शनिबार बिहान डाक्टर शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दाबी गर्दै नविकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताए । कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधान अनुसार साथीलाई ‘धन्यवाद’ भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु उनले भने त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ । पार्टीको क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको भोलि उम्मेदवार छान्ने बेला र सूचना पाउने बेला सदस्यको अधिकार बलियो हुनु हो । यसमा कसैले अवरोध सिर्जना गर्नुहुन्न भन्ने विश्वास छ ।
उनले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पारे । पार्टीको सबै नेताहरूले को–को राख्दा चित्त बुझ्छ भन्नुस् ती सबै राख्न म तयार छु उनले भने पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त अनुहार मन पर्दैन भन्नुपर्यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ चाहिँ केही पनि छैन।’
फरक प्रसंगमा थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी सार्वजनिक नगरेको गम्भीर आरोप लगाएका छन् । प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाब दिइएको दाबी गर्दै उनले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी लुकाइएको छ, यदि हाम्रो कुरा गलत हो भने तत्काल सार्वजनिक गरियोस्’, उनले भने ।
