sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

बीपी राजमार्गमा लापरबाही गरेर माइक्रो बस चलाउने ५ चालक नियन्त्रणमा

२२ वैशाख २०८३, मङ्गलवार स्वस्तिका पन्थी

काठमाडौं । बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले माइक्रोबस चलाउने पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्‍याइ सवारी चलाएको आरोपमा पक्राउ परेका ५ चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।  

यो समय बीपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्वजानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात गरेर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्