देशको संविधान लिक भन्दा बाहिर गएको कांग्रेस नेता लेखकको भनाइ
जेनजी प्रदर्शनलाई हाइज्याक भएको दाबी
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले देश सामान्य अवस्थामा नरहेको बताएका छन् ।
कञ्चनपुर पुगेका लेखकले कार्यकर्ता भेटघाटमा बोल्दै देशको संविधान लिक भन्दा बाहिर गएको बताएका हुन् । उनले भदौ २३ र २४ गते अत्यन्त दुखद र अकल्पनीय घटना भएको बताए । लेखकले भने नयाँ पुस्ताका युवा भाइ–बहिनीहरूले देशमा भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, सामाजिक सञ्जाललाई निर्बाध रूपले सञ्चालन गर्ने मागका साथ सडक प्रदर्शन गरेको स्मरण गरे ।
उनले आफू यसपटक चुनाव नलडे पनि पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने जनाए । उनले अहिले पार्टी भित्रको द्वन्द्व थाती राखेर अरूसँग प्रतिस्पर्धा गर्न केन्द्रित हुनुपर्ने जनाए ।
