सप्तरी- ३ बाट उपेन्द्र यादवले गराए उम्मेदवारी दर्ता
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।
यादवले सप्तरीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-३ बाट मनोनयन दर्ता गराएका हुन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा गएर यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
यादवको प्रस्तावकमा शैलेन्द्र साह र समर्थकमा बिक्की यादव रहेका छन् ।
