ओखलढुंगा एमालेका प्रभावशालि नेता गुरुङ नेकपामा प्रवेश
काठमाडौं । नेकपा एमाले ओखलढुंगाको प्रभावशालि नेता अमिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । नेकपा एमाले ओखलढुंगामा टिकट वितरणमा विभेद तथा अन्याय भएको भन्दै असन्तुष्ट रहेका एमालेका नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्ने निश्चित भएको छ ।
गुरुङले पार्टी परित्याग गर्दै गर्दा नेकपा एमाले ओखलढुंगामा ठुलो धक्का लाग्ने भएको छ । नेकपा एमालेले आफु माथि मात्र नभई समंग्र संगठनलाई नै हानि हुुने निर्णय गरेका कारण आफुले पार्टी परित्याग गर्नु परेको बताएका छन् । नेकपा एमालले केन्द्रले पार्टीले जिल्लाबाट सिफारिस गरे भन्दा बाहीरको आफ्नो पकेटको मान्छेलाई टिकट दिएका कारण आफुले वर्षाै त्याग तपस्या र बलिदान दिएको पार्टी परियाग गरि आफ्नो भावना चाहाना मिल्ने पार्टीसँग सहयात्रा गर्ने तय गरेको उनको भनाई छ ।
ओखलढुंगाका तमाम नागरिकको हक हितका लागि आफु दत्तचित्त भएर दिन रात लागी पर्दै आएका कारण तमाम जनताको भावनाको उच्च कदर गर्दै आफुले यो निर्णय गर्न बाध्य भएको जानकारि गराएका छन् । गुरुङले एमाले परित्याग गर्दै नेपाली कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्दा सो पार्टीको ओखलढुंगा जिल्लाको उमेरदवारको रुपमा समेत मैदानमा खडा भएका छन् ।
