ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइटेल
काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको छ । यसअघि जितेका रामहरि खतिवडाले पाएको भनिएको टिकट अन्तिममा कुमार लुइटेलले पाएका छन् ।
२०७९ मा जितेका रामहरि खतिवडालाई दिएको टिकट परिवर्तन गरेर कुमार लुइँटेललाई दिइएको हो । याे सँगै ओखलढुंगाकाे चुनावी प्रस्तीपर्धा रोचक बन्ने भएको छ । ने.वि.संघको राजनीतिबाट उदाएका लुइटेल कांग्रेस कार्यकर्ताका बिच लोकप्रीय रहेता पनि चुनावी प्रतीस्पर्धा भने रोचक बन्ने आँकलन गरिएको छ । कांग्रेसको पकड रहेको ओखलढुंगाका नेता कार्यकर्ता सबै इमान्दार भइदिए लुइटेललाई चुनाव जित्न त्यति असहज भने छैन् ।
ओखलढुंगामा एमालेभित्र अस्मिता थापालाई उम्मेदवार बनाएकाे कुरालाई लिएर चर्को विवाद र आलोचना भए पनि उनको टिकट खोस्न सक्ने क्षमता ओखलढुंगाकाएमालेमा नदेखीएको चर्चाले बजार तातेको छ भने रास्वपाले पूर्व एआईजी विश्वराज पोखरेललाई अघि सारे पछिको अवस्थाले गर्दा ओखलढुंगाका एमाले र कांग्रेस दुवैको भोट काटिने आँकलन समेत गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट टिकट पाएका राम कार्कीको पनि चर्चा राम्रै चलेको छ ।
