रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल केन्द्रित हुने बताइएको छ । पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनबारे बैठक निष्कर्षमा पुग्ने छ ।
१६५ निर्वाचन क्षेत्रमै आकांक्षी उम्मेदवारको संख्या बढेपछि रास्वपाले बैठकमार्फत नै उम्मेदवार चयन गर्न लागेको हो ।
