कुलमान घिसिङले दिए पदबाट राजीनामा
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । राजीनामा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले कुर्सीमाथि आत्मसम्मान हुने बताएका हुन् ।
यस्तै सरकारभन्दामाथि जनता भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि अहिलेसम्म सहमति कार्यान्वयनमा नआएको बताए । उनले हालसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको बताएका छन् ।
उनले राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको भन्दै भ्रामक समाचार प्रकाशन भएकोप्रति पनि आफ्नो ध्यानाकर्षण गराए । यसअघिका अन्तरिम तथा चुनावी सरकारका मन्त्रीहरूले चुनाव लडेको इतिहास नेपालको नै रहेको बताउँदै उहाँले आफ्नो कार्यकालको अवधि छोटो भए पनि महत्त्वपूर्ण कामको जग बसालिएको बताए ।
