सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा
काठमाडौं । श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पङले आसन्न निर्वाचनमा सुनसरी(१ बाट उम्मेदवारी घोषणा गरेका छन । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरे ।
उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु (जय माटो ) जय देश ।’
उनी २०७९ को निर्वाचनमा उनी धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । स्वतन्त्र रुपमा उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम सस्कृती पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन । यस अघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए ।
उनी एमाले जसपा गठबन्धन बाट विजयी भएका थिए । आसन्न निर्वाचनमा एमालेबाट केन्द्रीय सदस्य मन्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई , टिका माङ्लेन लगायतको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका लागि उमेश थापा सहित आठ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका कांग्रेसले महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला सङ्घ जिल्ला सदस्य रुक्मिणा गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
