sevenstartv.com १० माघ २०८२, शनिवार

आगामी राष्ट्रिय सभा निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गर्ने कांग्रेस नेता सिटौलाको जिकिर

२१ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी राष्ट्रिय सभा निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गर्ने बताएका छन् । उनले यसको बारेमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएको बताएका हुन् । 

सोही विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सोमबार छलफल गरेर निर्णयमा पुगिने उनले बताए । काठमाडौंमा सोमबार संचारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले पार्टीले राष्ट्रिय सभामा गठबन्धन गरी जाने जनाएका छन् ।  राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । 

उनले राष्ट्रिय सभामा एक्लै जाँदा परिणाम शून्य आउने खतरा हुने भएका कारण तालमेल गर्न लागिएको जिकिर गरेका छन् । यसैबीच, महाधिवशेन विवाद उत्कर्षमा पुगेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्