sevenstartv.com १० माघ २०८२, शनिवार

प्रचण्ड भारत जाँदै

२० पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आज नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने भएका छन् ।

नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी आज साँझ भारत जाने तालिका छ । उनले त्यहाँ प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने तालिका छ ।

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रचण्ड सोमबार साँझ नेपाल फर्कनेछन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्