देशलाई निकास दिने काम निर्वाचनबाट मात्रै सम्भव रहेको प्रचण्डको भनाई
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निकास दिने काम निर्वाचनबाट मात्रै सम्भव भएको बताएका छन् । बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्ताे बताएका हुन् ।
उनले भने, ‘निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनामा पर्न सक्छ । विभिन्न उतारचढाव हुँदै अब निर्वाचनबाट देशमा स्थायित्वमा लैजाने वातावरण बनेको छ ।’
उनले नेपाली जनताको एकता, राजनीतिक दल र सबैको सामुहिक प्रयासमा राष्ट्रलाई निकास दिने काममा लाग्नु पर्ने बेला आएको बताए । अराजकताबाट मुलुकलाई निकास दिन जरुरी भएको उनको तर्क थियो ।
उनले सामुदायिक क्याम्पसको स्तर वृद्धि चुनौती भएका बेला बानेश्वर क्याम्पसले गरिरहेको कार्यको सराहना गरे ।
