sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न मातहतका सबै निकायलाई रेडक्रसकाे निर्देशन

१० पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ । 

सोसाइटीको केन्द्रीय तदर्थ समितिले विधान महाधिवेशन सम्पन्न नहुँदासम्म संस्थाका नियमित र अत्यावश्यक सेवा सञ्चालन बाहेकका दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न मातहतका सबै निकायलाई आग्रह गरेको हो । 

विधान महाधिवेशन सम्पन्न नभएसम्म नयाँ सामान खरिद, निर्माण, स्थायीतर्फ नयाँ कर्मचारी नियुक्ति, सरुवा, बढुवालगायत दीर्घकालीन असर पार्ने कार्य नगर्नरनगराउन सोसाइटीका सबै प्रदेश कार्यालय, जिल्ला शाखा, आँखा अस्पताल तथा विभागहरूलाई अनुरोध गरिएको छ । 


 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्